काठमाडौँ,१९ असाेज ।
बाढी पहिराेकाे बिपदमा नपरेका जिल्लाका सरकारी कार्यालयहरू भाेली साेमबारदेखि खुल्ने भएका छन् ।
गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएसँगै साेमबारदेखि सरकारी कार्यालयहरू खुल्ने भएका हुन् ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आइतबार जारी पत्रबाट सो निर्देशन दिइएको हो । पत्रमा भनिएको छ, ‘विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारू गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ ।’
राजधानी काठमाडौंसँगै देशका विभिन्न ठाउँमा भारीदेखि अति भारी बर्षाकाे पुर्वानुमानका आधारमा सरकारले आज असाेज १९ गते आइतबार र भाेली २० गते साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
माैसम पुर्वानुमान अनुसार बर्षा नभएपछि बाढी पहिराेकाे बिपदमा नपरेका जिल्लाका सरकारी कार्यालयहरूबाट सार्वजनिक सेवा प्रवाह सुचारु गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।





