काठमाडौ,१९ असोज ।
लगातारकाे वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।

शुक्रबार, शनिबार र आइतबार बिहानसम्म लगातारकाे बर्षाका कारण हालसम्म देशभर ४९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी,प्रहरी प्रधान कार्यालयका अनुसार यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको हो ।

जसमध्ये कोशी प्रदेशका सबैभन्दा धेरै रहेका छन् । काेशी प्रदेशमा पनि इलामका मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना गरि ७ जना बेपत्ता भएका छन् ।