चितवन,१८ असाेज ।
नारायणगढ-मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोको उच्च जोखिममा रहेको यस खण्ड शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायत अन्य स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सम्भावित दुर्घटनाबाट बच्न सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको सडक डिभिजन कार्यालयकाे भनाइ छ ।

त्यस्तै कार्यालयले अत्यावश्यकका सवारीसाधनसहितको यात्रा गर्नुपर्ने भएमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।