बुटवल,१८ असोज ।
मौसम प्रतिकूल अवस्थाकाे कारण जनाउँदै बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ ।
बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो ।
उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।