काठमाडौं,१८ असाेज ।
देशभर भारी बर्षाको पूर्वानुमानपछि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।
भारी वर्षासँगै बाढी पहिरोकाे जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले शनिबार एक सुचना जारी गरि भाेली आइतबार र पर्सि साेमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षाको सम्भावना रहेको जनाएको छ । भारी वर्षाले सडक र हवाई उडानसमेत प्रभावित हुने सम्भावनालाई मध्येनजर गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।