चितवन,१४ असाेज ।
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
साे सडक खण्ड अन्तर्गत चितवनको तुइन खोलामा पहिरो खसेर दुवैतर्फको यातायात अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मंगलबार (आज) साँझ ७ः३० बजे पहिरो झरेको हो ।
मुग्लिन क्षेत्रमा पानी परिरहेका कारण पहिरो खसेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पहिरो पन्छाउनका लागि मेसिन जाँदै गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
सडक दुवैतर्फ अवरुद्ध रहेका कारण सवारीको जाम लागेको छ ।




