काठमाडौँ,१४ असाेज ।
हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् ।

मनसुनी वायु सक्रिय हुँदा आज देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूकाे भनाइ छ ।

जसका कारण सातै प्रदेशमा साधारणतया वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सातै प्रदेशका पहाडी भू–भागमा माैसम साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।