चितवन,१३ असाेज ।
नारायणघाट-मुग्लिन सडक खण्ड अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् ।
दशैंको समयमा सडक अबरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका हुन् ।
नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोला नजिक पहिरो खसेर सोमबार बिहानदेखि सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पहिरो खस्ने र हटाउनक्रम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
तीन वटा मेशिनले पहिरो हटाउन काम जारी रहेको र सकेसम्म छिटो सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजनले जनाएको छ । यद्यपि पहिरो खस्न नरोकिदा सडक खुल्ने समय बारे यकिन भन्न सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालयकाे भनाइ छ ।
दशैँको समयमा आफ्नो गन्तव्यमा जान हिडेकाहरु सडकमा अलपत्र परेका छन् । मुग्लिन-काठमाडौँ सडकमा ठुलो जाम शुरु भएको छ भने नारायणघाट पट्टि रामनगरसम्म जाम पुगिसकेको छ भने हजारौ यात्रु सडकमा रहेका छन् ।
गत बुधबार राति मात्र लगभग ५४ घण्टामा खुलेको यो सडक सोमबारदेखि पुन: बन्द भएको हो ।




