काठमाडौ,२ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशी,महासचिव टोप अस्लामीलगायतका नेताहरूले जेन जी पुस्ताको आन्दोलनका क्रममा घाईतेहरुलाई भटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

राजधानी काठमाडौका विभिन्न अस्पतालहरूमा पुगेर घाइतेहरूकाे स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै शिघ्र स्वास्थ्य लाभको कामना गरिएको पार्टीका महासचिव अस्लामीले जानकारी दिए ।

पार्टीका अध्यक्ष सूर्यवंशीकाे नेतृत्वमा गएको टोलीले भदौ २३-२४ मा जेन जी पुस्ताको आन्दोलनका क्रममा घाईते भएकाहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिने,समस्या र यथार्थ बुझ्नुका साथै जेन जी पुस्ताको अबको कार्यभार बारे सामान्य छलफल भएको महासचिव अस्लामीले बताए ।

त्यस क्रममा अध्यक्ष सुर्यवंशीले जेनजी युवाहरूको माग र राष्ट्रिय जनमुक्ति पार्टीका धेरैजसो ऐजेण्डा मिल्दोजुल्दो रहेको भन्दै सहि एजेन्डा उठाउदा त्यसले कुनै दिन एउटा निष्कर्षमा पुर्‍याउछ भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार बिरूद्वकाे अभियान सञ्चालन गर्दै आए पनि राज्यले सुनुवाइ नगर्दा मुलुक भ्रष्टाचारको दलदलमा फसेको भन्दै उनलेे राज्यसत्ताको दमनबाट बिचलित नभई आफ्नो एजेन्डामा अडिग रहन पनि जेनजी पुस्तालाई सुझाव दिए ।

पार्टी अध्यक्ष सुर्यवंशी,महासचिव अस्लामीका साथै पार्टीका केन्द्रीय नेता डब गर्बुजा पुन मगर, अभियन्ता सञ्जोग लाफा लगायतका नेताहरूटोले आन्दोलनका घाईतेहरुको अवस्था बारेमा जानकारी लिएको साे पार्टीले जनाएको छ ।