बुटवल,१ असाेज ।
अबिरल बर्षासँगै ठाउँ ठाउँमा पहिरो जादा सिद्वार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत पाल्पाको सिद्वबाबा क्षेत्रमा ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ भने हिउँदे खोला नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको छ ।

हिउँदे खोला नजिकै लेदो र बालुवासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भए पनि पानी परिरहेकोले समस्या भएको प्रहरीले जनाएको छ ।