बुटवल,१ असाेज ।
बुटवल स्थित तिनाउ नदिमा बाढी बढिरहेकाले नदि किनार र आसपासका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सुचना जारी गरि असोज १ गते बिहान ७:५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदि किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

तिनाउ नदीमा बाढी बढिरहेकाे भन्दै विभागले माेबाइलमा एसएमएस पठाएर पनि नदि किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

पाल्पा,रूपन्देहीलगायत आसपासका क्षेत्रमा बिगत केहिदिनयता बर्षा भइरहेको छ भने गयरातीदेखि निरन्तर बर्षा जारी छ ।