काठमाडौँ,२९ भदौ ।
सरकारकाे महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नियुक्त भएकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नेपालको इतिहासमा सबिता प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन् । सबिता वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।

यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले आजै स्वीकृत गरेका थिए ।