काठमाडौँ,२९ भदौ ।
काभ्रेको बनेपा नगरपालिका-९ बाट ७ सय ३० राउन्ड गोलीसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई शनिबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गोलीसहित पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।