काठमाडौँ,२९ भदौ
यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यो जानकारी दिएका हुन् ।

मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो ।

सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ ।

त्यस्तै मृतकका परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको छ । आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ ।

मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।

मृतक सबैको अझै सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

सनाखत नभएका शवको पनि सनाखतको प्रयास भइरहेको प्रहरीको भनाइ छ ।फेला