बुटवल,२८ भदौ ।
बुटवल स्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र चाेरीमा संलग्न रहेको आरोपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एक शिक्षकलाई निष्कासन गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार शिक्षक शिवशंकर शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेका हुन् ।

शुक्ला भदौ २४ गते भएको जीनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न देखिएको प्रधानाध्यापक थापाले बताएका छन् । विद्यालयको आचारसंहिता तथा नियम विपरित कार्य गरेको शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक थापाद्वारा जारी कारबाही पत्रमा जनाएको छ । शुक्ला बुटवलको अक्सफोर्ड माविमा समेत अध्यापनरत रहेको बताइएको छ ।