बुटवल,२८ भदौ ।
रूपन्देहीका निजी शिक्षण संस्थाहरूमा भाेली आइतबारदेखि पठनपाठन सुचारु हुने भएको छ ।

नीजी विद्यालय सञ्चालकहरूले शनिबार एक प्रेस विज्ञप्ति जारी गरि जेनजी युवाहरूकाे प्रदर्शनका कारण उत्पन्न असहज परिस्थितिमा बन्द भएका शिक्षण संस्थाहरूमा आइतबारदेखि पठनपाठन सुचारु गर्ने निर्णय गरिएको जनाएका हुन् ।

विद्यार्थी,अभिभावक तथा शैक्षिक समुदायको चासो र भविष्यलाई मध्यनजर गरि भाेली भदौ २९ गते आइतबारदेखि शिक्षण संस्थाहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।