काठमाडौँ,२८ भदौ ।
अन्तरिम सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ ।
जेनजी आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हटेसँगै देशभरकाे जनजिवन बिस्तारै सामान्य बन्दै गएको हो । निषेधाज्ञा र कर्फ्यु हटेपछि जनता आफ्नो पेसा व्यवसायमा फर्किने क्रममा रहेका छन् ।
राजमार्ग तथा सडकमा सार्वजनिक तथा निजी सवारीसाधन चल्न थालेका छन् भने बजार पसलहरू खुल्न थालेका छन् ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ आन्दोलनमा उत्रिएको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।