काठमाडौँ,२७ भदौ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन् ।

अन्तरिम सरकारकाे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शुक्रबार राति शीतलनिवासमै बसेको एकल मन्त्रिपरिषद्को पहिलो बैठकबाट कार्कीले जेनजीले उठाएको संसद् विघटनको माग सम्बोधन गरेकी हुन् ।

कार्कीको अन्तरिम मन्त्रिपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदकाे बैठकले संसद् विघटनको सिफारिस गरेको र राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको उनलेे जानकारी दिइन् ।

३-४ दिनको मेहनतबाट आफूले भनेजस्तो भएको हो भन्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले अब भोलि-पर्सि बसेर सल्लाह गरेर मन्त्रिमण्डल विस्तार गर्ने बताइन् ।