काठमाडौं,२७ भदौ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीकाे रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि,राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतको उपस्थिति रहेको थियो ।