काठमाडौँ,२७ भदौ ।
जेनजी युवाकाे प्रदर्शनका क्रममा मृत्यु भएका ३ जना प्रहरी जवानको अन्त्येष्टि गरिएकाे छ । यहि भदाै २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा ३ जना प्रहरी जवानको मृत्यु भएको थियो । प्रदर्शन हुँदा ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए ।

असई राय हिरासत व्यवस्थापनमा खटिएका थिए । हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाएर आफू सुरक्षित हुन खोज्दा हिरासत प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उनलाई जोगाउन गएका जवान थापाकाे पनि मृत्यु भएकाे हाे ।

सोही दिन कोटेश्वरमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गर्दा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका थिए । उनीहरू तीनै जनाको शुक्रबार पशुपतिकाे आर्यघाटमा सलामीसहित अन्त्येष्टि गरिएको छ ।