काठमाण्डाै,२७ भदौ ।
‘जेन–जी’ प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या अहिलेसम्म ५१ जना पुगेको छ । काठमाण्डौसहित विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा युवासहित, ३ जना प्रहरी र एक भारतीय महिला रहेका नेपाल प्रहरीले जनाएको छ । तीमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । महाराजगञ्जमा रहेकाहरूको पोस्टमार्टम थालिएको छ ।
आजै चार जना युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अभिभावकले पशुपति आर्यघाट अन्त्येष्टि गरेका हुन् ।