काठमाडौँ,२६ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको जनाएका छन् ।
आज एक विज्ञप्ति जारी गरी आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल समेत गरेका छन् ।
सडकमा राष्ट्रपति पाैडेललाई सार्वजनिक गर्न र राष्ट्रपतिकै अभिभावकत्वमा संविधान बमोजिम निकास निकाल्नुपर्ने आवाज उठिरहेका बेला राष्ट्रपति पाैडेलकाे तर्फबाट विज्ञप्ति सार्वजनिक भएको हो ।