झन्डै तीन सयको हाराहारीमा उपप्राध्यापक पदका लागि दरखास्त माग
काठमाण्डौ,२३ भदौ ।
त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापक पदका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले आज सूचना निकालेर झन्डै तीन सयको हाराहारीमा उपप्राध्यापक पदका लागि दरखास्त माग गरेको हो ।
खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आवेदन माग गरिएको त्रिविले निकालेको सूचनामा उल्लेख छ । व्यवस्थापन विषयमा ९१ जना, कानूनमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३ जना उपप्राध्यापकको माग खुलाईएको छ ।
आउँदो भदौ २९ गतेदेखि कात्तिक भदौ १२ गते आवेदन दिन सकिने छ । दोब्बर दस्तुरमा कात्तिक १९ गते राति ११ बजेर ५९ मिनेटसम्म दरखास्त दिन सकिने त्रिविको सूचनामा उल्लेख छ ।