काठमाडौं,२३ भदौ ।
जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने अझै ७०–८० जना घाइते उपचाररत रहेका छन् ।
उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाईएको छ ।