काठमाण्डाै,२३ भदौ ।
काठमाण्डाैकाे नयाँ बानेश्वर,शीतल निवास,महाराजगञ्ज,लैनचौर,सिंहदरबार क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

‘जेन जी’ पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालयले फेरि अर्को सूचना निकालेर शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाएको हो ।

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शङ्खमूल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।
केही प्रदर्शनकारीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्रै छिरेका थिए । प्रदर्शनकारीहरू संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।