काठमाडौं,२१ भदौ ।
नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन ।
खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर प्राप्त गरेका थिए । तर दुवै टोली फिनिसिङमा कमजोर चुके ।
अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।
एन्फाले दुई खेलपछि समग्र नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो ।