काठमाडौँ,२१ भदौ ।
मन्त्री सवार सरकारी गाडीको ठक्करबाट ११ वर्षीया उषा मगर सुनुवार घाइते भएपछि अवरुद्ध ललितपुरको सातदोबाटो-गोदावरी सडक सुचारु भएको छ ।

घाइते बालिकाको उपचार खर्च सरकारले बेहोर्ने सहमतिपछि स्थानीयले अवरुद्घ गरेको सडक सुचारु भएको हो ।

शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धीमा सातदोबाटोबाट एमालेको जारी दोस्रो महाधिवशेनमा जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार को १ झ ६९९ नम्बरको गाडीले उषालाई ठक्कर दिएर घाइते बनाएको थियो ।

त्यसपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायतले पीडितपक्षसँग सहमति गरेपछि अवरुद्ध सडक खुलेको हो ।

बिएण्डबी अस्पतालमा गराइरहेकी बालिका केहीबेर अघि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।