काठमाडौँ,१९ भदौ ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै मधेश प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाले कोशी प्रदेश र बागमती प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिदै पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध समेत गरेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ ।







