काठमाडौँ,१८ भदौ ।
लुम्बिनीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही देशका पहाडी भू-भागका केही स्थानहरू र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकोले हाल कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगातय बाँकी प्रदेशका पहाडी भू-भागकाे माैसम साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।







