बुटवल,१६ भदौ ।
भाेली मंगलवार रुपन्देहीका पालिकाहरूमा शोक विदा हुने भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्वर्गीय सजरुद्दीन मुसलवानको निधनको शोकमा जिल्ला समन्वय समितिले शोक विदा दिएको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीद्वारा जारी सूचनामा जिल्लाका सबै स्थानीय तह, विद्यालय र गैरसरकारी संस्थाका कार्यालयमा शोक विदा दिने उल्लेख छ ।
सबै स्थानीय तहका कार्यालय र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ ।
नगर प्रमुख मुसलवानको शनिवार हृदयघातबाट निधन भएको थियो ।







