चितवन,१६ भदौ ।
नारायणगढ-मुग्लिङ सडक खण्डको १७ किलोमा मोटरसाइकल र बस ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग १ ख ४१४० नम्बरको बससँग विपरित दिशाबाट आउदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते माेटरसाइकल चालकको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।



