Vehicle plying along Siddhartha Highway near Siddhababa raod section in Butwal, on Friday, October 13, 2017. Photo: Mausam Shah Nepali

बुटवल,१५ भदौ ।
बर्षासँगै पहिरो खस्दा सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा खसेको ढुंगासहितको पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

वर्षा नरोकिएकाले सडकमा खसेको पहिरो पन्छाउन समस्या भएको दोभान प्रहरीले जनाएको छ । वर्षासँगै ढुंगा झर्ने र ढुंगासहितको माटो, लेदो झर्ने भएकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम थालिने प्रहरीले जनाएको छ ।

सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।