गुल्मी,१५ भदौ ।
आठ दिनदेखि बेपत्ता गुल्मीका एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाकाे धुर्काेट गाउँपालिका-६ रजस्थलका ५६ वर्षीय शिवबहादुर घर्ती मृत फेला परेका हुन् । घर्ती मदाने गाउँपालिका-७ भनभनेस्थित सामुदायिक वनमा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

उनको खोजीका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय पुर्काेटदह र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टाेली खटिएको थियो ।