बुटवल,१५ भदौ ।
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ ।
एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको हो ।
मुटुमा समस्या भएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन सेन्टरमा उपचारको क्रममा उनको निधन भएको जनाइएको छ ।






