बुटवल, १४ भदाै ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले नेपाल अबसर र संभावना भएको देश भएको भन्दै यी अवसरहरुलाई सदुपयोग गर्न सक्नु पर्नेमा जोड दिएका छन् ।

रोट्याक्ट क्लब अफ बुटवलको २८ औ पदहस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रीत प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले अवसरका लागि विदेश नै जानु पर्छ भन्ने भाष्यवाट अलग रहन युवा जमातलाई सुझाव दिए । उनले रोटरीमा लाग्नेहरुवाट अरुले पनि सिक्न जरुरी रहेको भन्दै डां पाण्डेले रोटरीले नेतृत्व विकास,सामाजिक कार्य र व्यवसायलाई कसरी सफल बनाउने भन्ने कुरालाई बढी प्राथमिकता दिने गरेको बताए । उनले अल्छी मानिस नै गरीब हुने भएकाले धनी वन्का लागि जागरिलो हुनुपर्नेमा जाेड दिए ।

पदहस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले रोटरीमा लाग्नेहरुको नेतृत्व विकास र सामाजिक सेवाभाव अभिप्ररित हुने भएकाले यसमा लाग्ने हरु सफल व्यवसायीका रुपमा स्थापित हुने बताए ।

रोट्याक्ट क्लब अफ बुटवलका पूर्व अध्यक्ष वोनिन पिया र सुरज भट्रराईले विजनेश प्रमोशन र युवा जमातलाई आफ्नो भविस्य रकस्तो वनाउने भन्ने वारेमा ग्यारेन्टी गर्नका लागि रोटरीको मुभमेन्टमा जोडिन सुझाव दिए । रोटरीमा लाग्नेहरु विदेशिनु नर्पर्नेमा समेत उनिहरुकाे भनाइ थियो ।

वर्ष २०२५/०२६ का लागि नव निर्वाचित अध्यक्ष कृष्ण अधिकारीलाई वर्ष २०२४/०२५ का अध्यक्ष दिपेश अग्रहरीले पद हस्तान्त्ररण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष अधिकारीले कनेट, क्रियट र कन्टीव्युटलाई आत्मसाथ गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रिसिडेन्ट नोमिनी भेषराज पोखरेल, प्रिसिडेन्ट ईलेक्ट कृष्ण प्रसाद बस्याल कोषाध्यक्ष अजय कुमार यादव,इन्टयाकट कल्व अक्सफोडका अध्यक्ष श्याम चौधरीले भनाई राखेका थिए ।