चितवन,१४ भदौ ।
चितवनको भरतपुरमा आज बिहान भएको सडक दुर्घटनामा एक जना डाक्टरको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेकाे बा१५च ४६९३ नम्बरको कार आज बिहान १ः३० बजे अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा चालक डा. विप्लव भट्ट गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकाे थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार भट्टको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।



