काठमाडौँ,१४ भदौ ।
लुम्बिनीसहित तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने र बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाले लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै यात्रा वा काममा निस्कन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको महाशाखाले जनाएको छ ।







