बुटवल,१४ भदौ ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।

शनिवार बिहान मर्निंङ्गवाकमा रहेको बेला चक्कर आएपछि अस्पताल पुर्याएका प्रमुख मुसलमानको अस्पतालमै निधन भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

नगर प्रमुख मुसलवानलाई स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय मजीदिया क्लिनिकमा पुर्याइएपनि बचाउन नसकिएको नगरपालिकाका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।