गुल्मी,१३ भदौ ।
बाढीपहिरोका कारण अवरुद्घ कालीगण्डकी करिडोर सडक सुचारू भएकाे छ ।

कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेर आज बिहान ६ ३० बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो पन्छाएपछि केहीबेर अघि सवारी आवागमन सुचारू भएको नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।