“राजनीतिक स्थायित्व,समृद्धि र सुशासन कायम गर्न सरकार प्रतिवद्व”
बुटवल,११ भदौ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले
पार्टीले संस्थागत रूपमै जनताका समस्या पहिचान गरेर समस्या समाधान गर्ने अभियानमा लागेको बताएका छन् ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागद्वारा बुधबार बुटवलमा आयोजित “दैनिक उपभाेग्य वस्तुको सुनिश्चितता-उपभोक्ताकाे अधिकार हाम्रो चासो ” बिषयक अन्तरसम्वाद कार्यक्रमलाई सम्बाेधन गर्दै उपप्रधानमन्त्री सिंहले संस्थागत रूपमै पार्टीले जनतामा गएर समस्या र गुनासा सुन्ने र समस्या समाधान गर्ने अभियानमा लागेको बताएका हुन् ।
देशकै पुरानो र लाेकतान्त्रीक पार्टी जनताका समस्या समाधान गर्न बाट पन्छिन नसक्ने भन्दै उनले जनताका समस्या पहिचान गरेर समस्या समाधान गर्ने अभियान आन्तर्गत पार्टीका विभिन्न बिभागहरूले आ आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको बताए । गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पाेखरा विमानस्थल नियमित रूपमा सञ्चालन गर्ने बिषयमा सरकारले आवश्यक काम गरिरहेको उनको भनाइ छ ।
खुला सीमााका कारण उत्पन्न समस्या र भन्सार नीति ब्यवहारीक बनाउने बिषयमा सरकार गम्भीर रहेको भन्दै उनलेे सरकारले कालाेबजारी र महँगी नियन्त्रण गर्ने बताए । चाडबाड नजिकिएसँगै बजारका कालाेबजारी र महँगी बढेकाे गुनासाे आउने गरेकाे भन्दै उनलेे सरकारले कडाइका साथ अनुगमन गरिरहेकाे दाबी गरे ।
उपभाेक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिवद्द रहेकाे उपप्रधानमन्त्री सिंहले चाडवाडकाे माैका छाेपेर कालाेबजारी गर्ने र उपभाेक्ताकाे स्वास्थ्यमा खेलवाड गरेकाे पाइएमा सरकारले कडा कारवाही गर्ने चेतावनी समेत दिए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पछिल्लो समय सबै क्षेत्रमा निराशाकाे खेती गर्नेहरूकाे बिगबिगी रहेको भन्दै पुराना भ्रष्टाचारी मुर्दावाद, नयाँ भ्रष्टाचारी जिन्दावादकाे नारा लाग्ने थालेको टिप्पणी गरे ।
भन्सार दरमा बैज्ञानिक नीति लागू र सीमा क्षेत्रका बजारलाई ब्यवस्थित गर्नुपर्नेमा जाेड दिदै उनले पब्लिक फर्स्ट भन्ने सिद्धान्तलाई आत्मसात गर्न जरुरी रहेको बताए ।
लाेकतन्त्रमा सरकार नियन्त्रणमुखी नभएर उपभोक्ता र ब्यापारीबीचको सहजकर्ता मात्रै हुने भन्दै उनले उपभोक्तामा सचेतना र ब्यवसायीहरूमा इमानदारीता जरुरी रहेकोमा जाेड दिए । उनलेे यस्ता किसिमका अन्तरसंवादले उपभाेक्ताकाे हकअधिकार सुरक्षित गर्ने र उपभाेक्तामैत्री नीति बनाउन सहयाेग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग संयोजक गुरु बरालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन,नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक जमुना ढकाल, नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण, अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नवलपरासीका कार्यवाहक सभापति विमल यादव, नेपाली कांग्रेस बुटवलका सभापति तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल लगायत सहभागिहरूले सिमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने,कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई सुझाव दिएका थिए ।
विभागका प्रमुख गुरु बरालले विभागको अवधारणा र विभागले गरिरहेको क्रियाकलापका बारेमा प्रकास पार्दै अन्तरसम्वादमा आएका सुझावहरूलाई लिपिवद्ध गरेर समस्या समाधानका लागि पार्टीलाई बुझाउने जानकारी दिए ।






