पाल्पा,८ भदौ ।
पाल्पाकाे तानसेन नगरपालिका–१४, कमलपोखरी नजिकै कालिगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ ।
नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा शव फेला परेकोले पहिचान गर्न सकिने अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।
घटना बारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक र प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






