बुटवल,८ भदौ ।
हरितालिका तीजको अवसरमा बुटवल कालिका क्याम्पसले आयोजनामा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

क्याम्पसमा आयोजित प्रतियोगितामा नेहा आलेको समूह प्रथम, भूमिका अर्यालको समूह दोस्रो र बिपना भण्डारीको समूह तेस्रो भएकाे क्याम्पसले जनाएको छ ।
सोही अवसरमा हालै त्रिवि प्रकाशन गरेको बीबीएस चौथो वर्ष २०८१ को परीक्षामा सफल सम्पूर्ण विद्यार्थीलाई क्याम्पसले सम्मान गरेको छ । नियमिततर्फ सहभागी विद्यार्थीमध्ये २० जना विशिष्ट श्रेणी र १११ जना प्रथम श्रेणी सहित उत्तीर्ण भएका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख घनश्याम पाठकले सफल विद्यार्थीहरूलाई बधाई दिँदै निकट भविष्यमै एमबीएस सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाइएको जानकारी गराए ।
क्याम्पस अध्यक्ष होमबहादुर गलामीले बुटवल कालिका क्याम्पसले उत्कृष्ट नतिजा हासिल गर्नुमा विद्यार्थी,प्राध्यापक र क्याम्पसको समन्वयात्मक पठनपाठनको प्रतिफल भएको बताए ।
प्राध्यापक झरना खनालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।






