काठमाडौँ,८ भदौ ।
आज दिउँसो देशभरकाे माैसम सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिमका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । मधेश, कोशी र लुम्बिनीका तराई भू-भागमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।
महाशाखाले बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायात प्रभावित हुनसक्ने चेतावनी दिएको छ । पछिल्ला मौसमी विवरण नियमित रुपमा जानकारी लिएर मात्रै यात्रा वा काममा निस्कन पनि महाशाखाले सर्वसाधारण र सरोकारवालालाई आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहँदा मनसुन गतिविधि केही बढेको महाशाखाको भनाइ छ ।







