बुटवल,७ भदौ ।
जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न आफ्नो पेसा ब्यवसायप्रति निरन्तर मेहनत र लगनशिलता जरुरी रहेकोमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
शनिवार रोटरी क्लब अफ बुटवलको १५७८ औं नियमित बैठकमा गेष्ट स्पिकरका रुपमा आमन्त्रित यस क्षेत्रका सफल युवा उद्यमी कमलजंग कुँवरलगायतले उक्त कुरामा जाेड दिएका हुन् ।
सफल उद्यमी-व्यवसायी बन्न लगनशिलता पहिलो कुरा रहेको भन्दै युवा उद्यमी कुँवरले जुन कुरा आफूले गर्नेहो त्यसमा निरन्तर रुपमा लगनशिल भएर लाग्न जरुरी रहेको बताए ।
उनलेे लगनशिलता संगै नयांनयां प्रबिधीलाई आत्मसाथ गदै त्यसलाई व्यवहारमा कार्यान्वयन गदै जानुका साथै प्रचार प्रसारलाई पनि संगै अगाडी बढाउन सुझाव दिए ।
प्राकृतिक संम्पदाले भरीपूर्ण नेपालमा जस्तो प्रचुर संभावना विश्वमै कही नभएको दावि गदै कुंवरले त्यो संभावनालाई चिन्न, बुझन र व्यवहारमा लागुगर्ने तत्परता देखाउन जरुरी रहेको बताए । कसैले आएर देश,समाज, घर गांउ वा पेशा व्यवसाय बनाईदिने नभई त्यसका लागि राज्यले वातावरण वनाईदिने र ब्यक्ति आफैले गरेर देखाउनु पर्नेमा जाेड दिए । अरुले गरेनन् भनेर गाली गलौच गर्ने र केही छैन,केही हुदैन भन्ने भाष्य सृजना पनि गर्न नहुने भन्दै राजनैतिक दलहरुले राजनीतीवाट पनि राम्रो भविष्य छ भन्ने कुरा युवा वर्गलाई दलहरुले सिकाउन र बुझाउन सकेमा वढदो बैदेशिक युवापलायन स्वतह नियन्त्रण हुने विश्वास व्यक्त गरे । देशैभरी विभिन्न २३ शाखा मार्फत व्यवसाय संचालन गरी करिव १ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका कुंवरले ड्याडीइज फूड मोवाईल भ्यान, पपया, केकलगायतका व्यवसायलाई सुंचालन गदै आएका छन् ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले क्लबले सामाजिक क्षेत्रसंगै व्यक्तित्व विकास, नेतृत्व विकासलाई प्राथमिकता दिदै आएको बताए । रोटरीयनहरुले गरेको पेशा व्यवसाय चिनाउने, त्यसको व्यवसायीकतामा टेवा पुराउने, रोटरीका गतीविधीवारे रोटरीयन, रोट्रयाक र इन्ट्रयाकहरुलाई जानकारी गराउने उद्देश्यले हरेक महिनामा ४ पटक नियमित वैठक गर्ने गरेको उनको भनाइ छ । क्लबले कलेज वेस र कम्यूनिटी वेसमा काम गदै आएको भन्दै अध्यक्ष पराजुलीले समुदायमा गएर समुदायको आवश्यकता हो भन्ने बुझेर सोही अनुसार परियोजना संचालन गर्दै आएको जानकारी गराए ।
साे अवसरमा सहभागिहरुले राखेका जिज्ञासाको गेष्ट स्पिकर कुंवरले सहजिकरण गरेकाे क्लवका सचिव शिव कुमार ज्ञवालीले बताए ।






