बुटवल,६ भदौ ।
बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीद्वारा आयोजित तीज मिलन कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रमकाे लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश सभामा नेपाली कांग्रेस प्रमुख सचेतक जमुना ढकालले तीज गितमा नाचेर शुभारम्भ गरेकी हुन् ।
साे अवसरमा कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकी प्रमुख सचेतक ढकालले तीज पर्वको छुट्टै महत्व रहेको भन्दै माैलिक संस्कृतिको संरक्षण र सम्बर्द्धनमा सबैले ध्यान दिनुपर्नेमा जाेड दिइन् ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले संघमा तीनसय बढी महिला सदस्य रहेको जानकारी गराउदै महिला उद्यमीहरूलााई प्राेत्साहन गर्ने उदेश्यले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
संघकी महिला उद्यमी समिति संयोजक समेत रहेकी कार्यक्रम संयोजक सुनिता बन्जाडेकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संघका महासचिव मुक्ति प्रसाद अधिकारी,सह काेषाध्यक्ष धनकुमारी खनाललगायतले तीज पर्वको महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।






