काठमाडौं,६ भदौ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आज बस्ने तिनिधिसभाकाे बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गर्ने कार्यसुचि रहेको छ ।
कृषि, सूचना प्रविधि, पशु चिकित्सा र खेलकुदसम्बन्धी विधेयकहरू पनि समितिमा पठाउने प्रस्ताव सदनमा पेस गर्ने कार्यसूचीमा समावेश छन् ।
साथै, विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसुचि रहेको छ ।
राष्ट्रियसभामा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ छलफल र पारित गर्न प्रस्तुत गर्नुका साथै संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसुचिमा उल्लेख छ ।






