काठमाडौँ,६ भदौ ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली भई कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै यात्रा तथा काममा निस्कन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
जसको प्रभावले देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको महाशाखाले जनाएको छ ।








