काठमाडौँ,५ भदौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति तय भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गते (नोभेम्बर १७ देखि डिसेम्बर १३ ) सम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको छ ।
क्यानले दोस्रो संस्करणको लागि मिनी अक्सन साउन २४ गते सम्पन्न गरिसको छ ।
एनपीएलमा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, जनकपुर बोल्ट्स , कर्णाली याक्स र पोखरा एभेन्जर्स गरि आठ फ्रेन्चाइजीले प्रतिस्पर्धा गर्दैछन् ।



