राजधानी सार्दा बुटवललाई आर्थिक केन्द्र बनाउने संसदकाे संकल्प प्रस्ताव अनुरूप कुनै योजना नल्याउनु बुटवलवासीमाथीकाे विश्वासघात : नगर प्रमुख पाण्डेय
बुटवल,५ भदौ ।
नेपाल प्रेस युनियन रूपन्देहीद्वारा आयोजित सदस्यता नविकरण तथा नयाँ सदस्यता बितरण अभियान आजदेखि सुरु भएको छ ।
अभियानकाे बिहीबार एक कार्यक्रमकाबीच युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा युनियन केन्द्रीय अध्यक्ष लम्सालले महाधिवेशनकाे म्यान्डेट र आफू नेतृत्वको कार्यसमितिले गरेका प्रतिवद्वता अनुसार सदस्यता नविकरण र नयाँ सदस्यता बितरण अभियान सञ्चालन गरिएको भन्दै यसले युनियनलाई थप चुस्त दुरुस्त बनाउने बिश्वास ब्यक्त गरे ।
मिडिया काउन्सिल विधेयक सञ्चार क्षेत्रकाे नियमन गर्ने निकायबारे टिप्पणी गर्दै उनलेे मिडिया दर्ता/ नविकरण गर्ने नभएर स्थानीय तहमा अभिलेखिकरण मात्रै गर्ने ब्यवस्था गर्नुपर्ने धारणा राखे । फेक र भ्रामक समाचारलाई चिर्ने, सत्य तथ्य र निस्पक्ष समाचारलाई स्थापित गर्ने पत्रकारिता अहिलेकाे आवश्यकता भएको भन्दै अध्यक्ष लम्सालले श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा काेषमा जाेड्ने वातावरण बनाउने तर्फ युनियन लागिपरेको बताए । प्रविधिमा भएको तिब्र विकाससँगै मिडियाकाे क्षेत्रमा पनि नयाँ चुनाैतिहरू देखा परेको भन्दै उनलेे त्यस्ता चुनाैतिहरूकाे सामना गर्ने पत्रकारिता अहिलेकाे आवश्यकता भएकोमा जाेड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस रूपन्देहीका सभापति तथा तिलाेत्तमा रामकृष्ण खाँणले प्रेस स्वतन्त्रता र मानवअधिकार बिना लाेकतन्त्रकाे परिकल्पना गर्न नसकिने भन्दै मिडिया बलियो भए मात्रै लाेकतन्त्र बलियो हुने बिचार ब्यक्त गरे । पत्रकार समाजकाे ऐना भएको भन्दै उनलेे नेपालकाे राजनीतिक परिवर्तन र मुलुककाे समृद्धिमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको बताए ।
पछिल्लो समय नेपालकाे लाेकतन्त्र र मिडिया दुबै कमजोर देखिएको बताउदै उनलेे लाेकतन्त्रकाे संरक्षण र प्रवर्द्धनका लागि मिडियाको सवलीकरण जरुरी रहेकोमा जाेड दिए ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी सार्दा बुटवललाई आर्थिक केन्द्र बनाउने संसदबाट संकल्प प्रस्ताव पारित गरेकाे स्मरण गर्दै संसदले पारित गरेको संकल्प प्रस्ताव अनुसार अहिलेसम्म कुनै योजना नल्याउनु यहाँका जनतामाथि गम्भीर विश्वासघात भएको धारणा राखे । कसकाे प्रयासले र कुन मन्त्राालय मार्फत योजना परेको हो भन्ने कुरालाई बेवास्ता गरि सबै योजना आफू एक्लैले पारेको जस्तो गरेर फाेटाे खिचाउदै हिड्ने प्रबृत्ति देखिएको भन्दै उनलेे त्यस प्रति सजग हुन जरुरी रहेको बताए ।
नेपाल प्रेस युनियन रूपन्देहीका सभापति कबिन्द्र नेपालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, ट्रेड युनियन कांग्रेस लुम्बिनीका नेता काजीमान श्रेष्ठ,युनियनका केन्द्रीय सदस्य रेखा भुसाल,युनियनका पुर्व जिल्ला अध्यक्ष रामराज पाेखरेल,युनियनका पुर्व केन्द्रीय सदस्य पुरूषाेत्तम सुवेदी,युनियन रूपन्देहीका उपसभापतिद्वय कल्पना तिवारी,दीपक घिमिरेगायतले आ आफ्नो भनाइ राखेका थिए ।
साे अवसरमा पत्रकार नवीन राना र जगत ठाडा मगर प्रेस युनियनमा प्रवेश गरेको युनियनका सचिव कपिल ज्ञवालीले जानकारी दिए ।






