काठमाडौं,४ भदौ ।
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय मंगल सिं प्रजा रहेका छन् ।
सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाई चरित्र हत्या गरेको अभियाेगमा उनलाई मंगलबार काठमाडौं महानगरपालिका-१० शंखमुलबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यामा संलग्न रहेको आराेपमा अनुसन्धानको क्रममा उनलाई काठमाडौं महानगरपालिका-१० शंखमुलबाट पक्राउ प्रहरीले जनाएको छ ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



